Quantcast
Channel: क्षयरोग – Health Post Nepal
Viewing all articles
Browse latest Browse all 3

गुनासो नआउने गरी सेवा दिएका छाैं : क्षयरोग केन्द्र

$
0
0

कोरोना भाइरस संक्रमणका कारण धेरै अन्य रोगका बिरामीहरू अलपत्रमा परिरहेका छन्।

कोरोनाकै कारण मुटुरोगी, एमर्जेन्सी सेवा लिनुपर्ने बिरामी, सुगर, प्रेसर, मिर्गौला, क्यान्सरका बिरामी जस्तै छायाँमा परेका छन् क्षयरोगका बिरामीहरू।

दिनदिनै डस्ट (क्षयरोगको औषधि वितरण गर्ने ठाउँ) सेन्टरमा गएर औषधि सेवन गर्नुपर्ने क्षयरोगका बिरामीको अवस्था कस्तो छ त? उनीहरूले उपचार पाइरहेका छन् कि छैनन् त? औषधी त पाएका छन्? यी प्रश्न सोचनीय छ।

भक्तपुरको मध्यपुर थिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रका सूचना अधिकारी बसुन्धारा शर्मा कोरोनाका कारण क्षयरोगका बिरामीको उपचारमा केही कमी नभएको बताउँछिन्।

उनले क्षयरोगका बिरामीलाई चाहिने औषधि पनि आपूर्ति भइरहेको जानकारी गराइन्। साथै बिरामीका लागि सातै प्रदेशमा नै औषधि वितरण भइरहेको उनको जिकिर छ।

वर्षकाे तीनचाेटी औषधि प्रदेशमा वितरण हुन्थ्यो तर अहिले विषम् परिस्थित भएका कारण चार महिनाका लागि पुग्ने गरी औषधि प्रदेशमा पठाइरहेको उनले जानकारी गराइन्।

‘पहिला भए सबै बिरामी आ–आफ्नो ठाउँअनुसार नजिककै डट सेन्टर गएर औषधि लिने गर्थे,’ उनले भनिन्, ‘अहिले कोरोनाका कारण लकडाउन, निषेधाज्ञा हुँदा बिरामी डट सेन्टरसम्म आउन नसक्ने भए। त्यसले गर्दा १–१ महिनाका लागि औषधि दिएर पठाउने गरेका छौं।’

पहिला  स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा मात्र औषधि खुवाउने गरेको उनले सुनाइन्।

औषधि दिने बेलामा बिरामी र घरपरिवारलाई सम्झाइबुझाइ गरेर औषधि नियमित खान प्रोत्साहित गर्ने गरेको सूचना अधिकारी शर्माले बताइन्।

‘औषधि घरमा लगेर नखाने, फ्याँक्ने काम नगर्न र औषधि नखाएमा आफैंलाई गाह्रो हुने कुरा सम्झाउने गरेका हौं,’ उनले भनिन्, ‘सकेसम्म फोनमार्फत बिरामी र उनका परिवारसँग हालखबर बुझ्ने गरिरहेका हुन्छौं।’

उनले क्षयरोगको औषधि २–२ हप्तामा आपूर्ति भइरहेको जानकारी गराइन्। केन्द्रबाट ४–४ महिनाको एकचोटि बिरामीको अवस्था के कस्तो छ भनेर सर्भे भइराख्ने हुन्छ। सातै प्रदेशको स्वास्थ्य संस्थासँग समन्वय गरेर काम गरिरहेको उनले बताइन्।

अहिलेसम्म क्षयरोगका बिरामीले औषधि पाएनौं भन्ने गरी गुनासो नआएको बताउँदै सूचना अधिकारी शर्माले भनिन्, ‘हामीले महामारीबीच पनि एकदम जिम्मेवारीपूर्वक काम गरेको महशुस भएको छ।’

राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. अनुज भट्टचनले कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष प्रभाव पारेको बताए पनि क्षयरोगका बिरामीले थप समस्या भोग्नुनपरेको बताए। सातै प्रदेशमा रहेका क्षयरोग केन्द्रमा औषधि उपलब्ध गराइरहेको उनको दाबी छ।

थिमीस्थित क्षयरोग अस्पतालमा पनि निरन्तर ओपीडी सेवा सञ्चालनमा भइरहेको निर्देशकले बताए। तर, अस्पताल सञ्चालन भए पनि बिरामीको चाप भने पहिले जस्तो छैन।

‘कोरोनाका बिरामीलाई पनि श्वासप्रश्वासकै समस्या हुने भएकाले बिरामी अस्पताल आउन डराएका हुन् कि जस्तो लाग्छ,’ उनले भने। उनले औषधिको समस्या नभए पनि क्षयरोग बिरामीको खकार जाँचलाई आउन–जान समस्या बताए।

त्यसैले बिरामी र औषधी वितरण गर्ने दुरी र अप्ठ्यारो मध्यनजर गरेर औषधी उपलब्ध गराइदिन अनुरोध गरिरहेको उनले बताए। सबैलाई एक महिना पुग्ने औषधि नदिएको उनी बताउँछन्।

क्षयरोगको बिरामीका लागि मिडियाबाट पनि सचेतनामूलक कार्यक्रम प्रशारण गर्दै गरेको उनले बताए। अब आउँदा दिनमा भने क्षयरोगका बिरामी बढ्न सक्ने उनको अनुमान छ।

गत वर्ष ३२ हजार २ सय ४३ जनालाई क्षयरोग भएको तथ्यांकमा छ। यो वर्ष तथ्यांक तयार भइनसकेको बताइएको छ। अहिलेसम्म काेराेनाका कारण क्षयरोगका ५ जनाको मृत्यु भइसकेको छ।


Viewing all articles
Browse latest Browse all 3

Latest Images

Trending Articles





Latest Images